भारतका गृहमन्त्री अमित शाह कोरोना मुक्त

International

भारतका केन्द्रीय गृहमन्त्री अमित शाह कोरोनामुक्त भएका छन् ।

अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्स अस्पतालले एक विज्ञप्ती जारी गर्दै शाह कोरोनामुक्त भएको जानकारी दिएको हो ।

विज्ञप्तीमा भनिएको छ,‘गृहमन्त्री शाह कोरोनामुक्त भएका छन् र चाँडै उनलाई डिस्चार्ज गरिनेछ ।’

शाह गत अगष्ट १८ मा कोरोना भाइरस संक्रमित बनेका थिए ।