सिलिण्डरको साथमा सर्प पनि ‘होम डेलिभरी’

काठमाडौं । यदि तपाई पनि सिलिण्डर होमडेलिचरी लिँदै हुनुहुन्छ भने सावधान रहनु होला ।

किनभने तपाईको घरमा पनि यसैगरि नै सिलिण्डरको साथमा सर्प आउन सक्छ ।

किनभने भारतको हरियाणास्थित फतेहाबादमा एउटा यस्तै घटना सार्वजनिक भएको छ ।

त्यहाँ प्रभाकर कोलोनीमा एक व्यक्तिको घरमा एलपीजी सिलिण्डरको होम डेलिभरी भएको थियो ।

त्यहि बेला सिलिण्डरसँगै सर्पको पनि डेलिभरी भएपछि त्यहाँ भागदौड मच्चियो । जब सिलिण्डर ढालेर हेर्दा त्यहाँ एक सर्प रहेको देखियो ।

उक्त सिलिण्डरमा सर्प देखेपछि घरका सबै भाग्न थाले ।

त्यसपछि सावधानी पूर्वक सर्पलाई सिलिण्डरबाट बाहिर निकालिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।