सेनाकी सिपाहीद्वारा आफैलाई गोली हानेर आत्महत्या

News

सैनिक मुख्यालय भद्रकालीमा रहेको नेपाली सेनाको पेट्रोल पम्पमा ड्यूटीमा खटिएकी नेपाली सेनाकी सिपाहीले आफैलाई गोली हानी आत्महत्या गरेकी छन्।

पेट्रोल पम्पको ड्यूटीमा रहेकी आर्मीकी सिपाहीले आइतबार बिहान ३ बजेतिर आफैले टाउकोमा गोली हानी आत्महत्या गरेकी हुन्।

ती महिला सिपाहीको टाउकोमा एउटा गोली लागेको छ। सामान्य अवस्थामा दुईजना ड्यूटीमा हुने भए पनि आइतबार बिहान एक्लै परेका बेला उनले आफैलाई गोली हानेको देखिएको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिएका छन् ।

घटनाबारे सेना तथा प्रहरीले अनुसन्धान गरिरहेको र शव पोष्टमार्टमका लागि त्रिवि अस्पताल लगिएको उनले बताएका छन्।