काठमाडौं । बलिउड अभिनेता अजय देवगण भिलेनको भूमिकामा देखिँदै छन् । उनले धेरै फिल्ममा भिलेनलाई हराएको त देखिएको नै छ तर अब आफू नै भिलेन बनेर अभिनय गर्दैछन् । यो फिल्ममा सुपरहिरो अर्कै रहने र सुपरहिरोको प्रतिस्पर्द्धीको रुपमा अजय देवगण देखिने भएका हुन् । हिरोको भन्दा दमदार रोल भिलेनको भएको कारणले यो अफर उनले स्विकारेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।