लागुपदार्थ तस्करलाई सिधै गोली ठोक्नुस् : फिलिपिनो राष्ट्रपति डुटेर्ते

International

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले लागुपदार्थ तस्करविरुद्ध कडा कदम चाल्न आदेश दिएका छन् ।

डुटेर्तेले भन्सार प्रमुखहरुलाई लागुपदार्थ तस्करलाई गोली हानेर मार्नू भनेर सार्वजनिक रुपमा आदेश दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

डुटेर्तेले गोली हान्ने अधिकारीलाई आफ्नो साथ हुने र उनीहरु जेल जान नपर्ने पनि विश्वस्त तुल्याएका छन् । डुटेर्तेको लागूऔषधविरोधी अभियानको क्रममा हालसम्म ५ हजार ७ सय भन्दा बढी लागूऔषध तस्करको हत्या भइसकेको छ।

पश्चिमा देशहरुले भने डुटेर्तेको सरकारले मानवअधिकार उल्लंघन गरेको भन्दै आलोचना गर्दै आएका छन् ।