सोह्र श्राद्धको किन गरिन्छ ?

News

हिन्दु धर्मावलम्बीहरुले वर्षभरि विभिन्न तिथिमा देहावसान भएका पितृहरूको सम्झनामा गर्ने एकमुष्ट श्राद्धकर्मलाई सोह्र श्राद्ध भनिन्छ । यो आश्विन कृष्ण पक्षको १५ दिन र शुक्लपक्षको एकदिन गरी १६ दिनसम्म चल्ने भएकाले यसको नाम नै सोह्र श्राद्ध रहन गएको हो ।

चन्द्रमास अनुसार प्रतिपदादेखि चतुर्दशीसम्मको १४ दिन, औंशी र पूर्णिमा गरी कुल १६ वटा तिथि हुन्छ । वर्षभरि जुन तिथिमा पितृहरूको देहावसान भएको छ, आश्विन कृष्ण पक्षको त्यही तिथिमा सोह्र श्राद्ध गर्ने गरिन्छ ।