खतिवडालाई अझै शक्तिशाली भूमिकामा ल्याइँदै

Politics

युवराज खतिवडालाई सल्लाहकार बनाएर सबै मन्त्रालय हेर्ने जिम्मा दिने

प्रधानमन्त्री केपी शर्मा ओलीले आजबाट अर्थमन्त्रीबाट विदा हुन लागेका डा. युवराज खतिवडालाई आफ्नो प्रमुख सल्लाहकार बनाएर सबै मन्त्रालयको अनुगमन गर्ने जिम्मेवारी दिन लागेका छन् । राष्ट्रियसभा सदस्यको लागि नेकपाले उपाध्यक्ष वामदेव गौतमको नाम सिफारिश गर्ने निर्णय भएसँगै अहिले जारी मन्त्रिपरिषद बैठकले गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिश गर्दै छ ।

गौतमको नाम सिफारिश भएसँगै खतिवडा मन्त्रीबाट विदा हुनेछन् । तर, प्रधानमन्त्री ओलीले उनलाई आफ्नो सल्लाहकार बनाएर सबै मन्त्रालयको अगुमन गर्ने अधिकारसहितको जिम्मेवारी दिने तयारी गरेका छन् । खतिवडा ‘डि-फ्याक्टो पिएम’को रुपमा पूनः सिंहदरबार फर्किनेबारे अहिले गाँईगुँई चलेको छ।