चलचित्र ‘कहाँ भेटिएला’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने भएकी छन। उनी अभिनीत चलचित्र ‘कान्छी’ दुई वर्षअघि प्रदर्शनमा आएको थियो। अहिले आफ्नो व्यापार व्यवसायमा ध्यान दिँदै आएकी उनी यम थापाको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा अनुबन्धित भएकी हुन्।
चलचित्रमा उनी आमाको भूमिकामा देखिने छिन्। चलचित्रले आमा र छोरीको भावनात्मक सम्बन्धको कथा भन्ने छ। कोरोना महामारी र लकडाउनको अवस्था सहज हुनेबित्तिकै चलचित्रको छायांकन सुरु हुने बताइएको छ।
चलचित्रमा छोरीको भूमिकामा सेड्रिना शर्मालाई लिने प्रयास भइरहेको छ। डेब्यु चलचित्र ‘कहाँ भेटिएला’ बाट लभर गर्लको भूमिकामा देखिँदै आएकी श्वेतालाई पहिलो पटक दर्शकले भिन्न भूमिकामा देख्न पाउनेछन्।