आन्तरिक उडान गर्ने पाँच थान जहाज खरिद प्रक्रिया अगाडि बढाउने…………

News

नेपाल वायुसेवा निगमले आन्तरिक उडान गर्ने पाँच थान जहाज खरिद प्रक्रिया अगाडि बढाउने भएको छ ।
चिनियाँ ६ थान जहाज नचलाउने निर्णय गरेको निगमले नयाँ पाँच थान जहाज खरिदको तयारी गरेको हो । निगम व्यवस्थापनले दुई थान ए टि आर ७२ सिरिज र तीन थान ट्विनअटर जहाज खरिद गर्ने गरी व्यावसायिक योजना तयार पारेको छ । निगमका नायब महाप्रबन्धक गणेशचन्द्र ठाकुरको संयोजकत्वमा गठित समितिले पाँच थान जहाज खरिदका लागि अनुमानित ९ अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक योजना बनाएको छ । सोही व्यावसायिक योजनाअनुसार निगम सञ्चालक समितिले जहाज खरिद प्रक्रिया अगाडि बढाउने भएको हो ।
केही समयअघि अनौपचरिक प्रस्ताव पठाएको निगम व्यवस्थापनलाई अर्थ मन्त्रालयले व्यावसायिक योजना ल्याएपछि मात्रै प्रक्रिया अगाडि बढाउने जनाउ दिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निगमसँग आन्तरिक उडानमा ४० वर्ष पुराना जहाज रहेको भन्दै नयाँ जहाज खरिद प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकेका छन् ।