संसार दोस्रो महामारीको सामना गर्न तयार हुनुपर्ने डब्ल्युएचओ प्रमुखको चेतावनी

International

दोस्रो महामारी पूर्व नै सार्वजनिक स्वास्थ्यको क्षेत्रमा ठूलो लगानीका लागि उनले संसारभरका सबै देशलाई आग्रह पनि गरेका छन् । त्यसो नभएमा विश्वमा दोस्रो महामारीले कोरोनाभन्दा पनि ठूलो क्षति हुनसक्ने उनको भनाइ छ । डा. टेड्रोसले कोरोना भाइरसको संक्रमणबाट संसारभर २ करोड ७१ लाख मानिस संक्रमित भएको र झण्डै ९ लाख मानिसले ज्यान गुमाएको बताएका छन् ।

सन् २०१९ को डिसेम्बरदेखि देखिएको कोरोना भाइरसले अहिलेसम्म कतिपय देशमा भयावहको अवस्था निम्ताएको बताउँदै उनले यसलाई नियन्त्रण गर्न नै ठूलो समस्या पर्ने अवस्था देखिएको बताएका छन् ।