कुलमान पुनर्नियुक्ति दबावका लागि साँझ पाँच मिनेट बत्ती बन्द गरौं : दीपकराज गिरी

News

कलाकार दीपकराज गिरीले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नियुक्ति गर्न पाँच मिनेट बत्ती बन्द गर्न अपील गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘आदरणीय साथिहरू ! कुलमानजी को पूनः नियुक्तिका लागि जन दबाब स्वरूप आजबाट हरेक सॉझ आठ बजे ५ मिनेट बत्ति निभाएर एक्यवद्दता प्रकट गरौ!’