जया बच्चनलाई रवि किशनको जवाफ

Entertainment

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि नातावादको बहस धेरै चर्किएको छ । रियालाई गिरफ्तार गरेपछि लागुऔषधको प्रयोग गर्ने बलिउड कर्मी देखि अन्य मानिसको लुकेको पाटो छर्लङ्ग भएको छ । यो मुद्दाले राजनितिमा पनि छोएको छ । अभिनेता तथा सांसद रवि किशनले ड्रग्सको अन्त्य गर्नुपर्ने भनेसँगै जया बच्चन आक्रोशित भएकी थिइन् ।जयाले रिव किशनको मागमा केही व्यक्तिको कारण सिंगो बलिउडको छवि दुषित गर्न मिल्दैन भन्दै रविलाई जुन थालमा खायो त्यहि थालमा थुक्न मिल्दैन भनेकी थिइन् ।

जया बच्चनलाई रवि किशनले ट्विटर मार्फत जवाफ दिएका छन् । ट्विटरमा लेखेका छन्, ‘जुन थालमा विष छ त्यो थालमा प्वाल पार्ने पर्छ । राजनिजिज्ञ र कलाकारले यसमा सहयोग गर्नुपर्छ । जयाजीको समयमा विषादी मिसीएको थिएन । हाल बलिउड उद्योगमा महान पिढीहरु लागुऔधको चपेटामा परिरहेका छन् । हामीले उनीहरुलाई सुरक्षित गर्नुपर्छ ।’