कोरोना भाइरसबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टायता तीन पुरुष र तीन महिलाको मृत्यु भएको हो । यो संगै नेपालमा मृतकको संख्या ४५९ पुगेको छ । मोरङ, ललितपुर र सप्तरीका एक–एक पुरुष तथा मोरङ, काठमाडौँ र कपिलवस्तुका एक–एक महिलाले ज्यान गुमाएका हुन् ।
मन्त्रालयका अनुसार आज १ हजार ३१३ जनामा संक्रमण पुष्टि भएको छ । १२ हजार २६२ जनाको पीसीआर गर्दा ८६० पुरुष र ४५३ महिला संक्रमित पाइएका हुन् । काठमाडौँ उपत्यकामा मात्रै आज ६ सय ४५ संक्रमित भेटिएका छन् । आज एक हजार चार सय ५५ निको भई घर फर्किएका छन् ।