तीन महिनादेखि अवरुद्ध बन्दै गएको साँफे मार्तडी राजमार्ग अबको केही दिन भित्रै सञ्चालनमा आउने भएको छ । लगातार परेको पानीका कारण बार्जुगाडदेखि मार्तडीसम्म सडकको बीच बीचमा पहिरो गएपछि सो राजमार्ग तीन महिनादेखि अवरुद्ध हुँदै आएको थियो । सडक भत्किएको ठाउँमा डोजरले लगातार काम गर्दै गएकाले अबको तीन दिनभित्रै बार्जुगाडदेखि जडाङ्गा म्म सडक सञ्चालनमा ल्याउन सकिने सडक डिभिजन कार्यालय अछामले जनाएको छ । भदौबाट नै सडक मर्मत गर्न लागेको भएपनि पानी पर्न नरोकिएपछि समयमै सडक सञ्चालनमा ल्याउन नसकेको सडक डिभिजन कार्यालय साँफेबगर अछामका इन्जिनियर दमनकुमार विष्टले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘बार्जुगाड ,अम्कोटको बल्दे, द्धारीमा ठुलो पहिरो गएको कारण त्यसमा काम गर्न निकै समस्या भएपछि आफैँ तीन दिन लाग्ने भएको हो ।’
एक साइडबाट बाटो खोल्दै गएको र फेरि माथिबाट पहिरो आउँदै गरेपछि त्यसलाई पन्छ्याउँदा पन्छ्याउँदै निकै समय लाग्ने गरेको विष्टले बताउनुभयो ।
उहाँले भन्नुभयो, बार्जुगाडदेखि जगाङ्डासम्म यातायातका सवारी साधन सुचारु भए पनि सिधै मार्तडीसम्म सुचारु हुन भने अझैँ केही समय लाग्ने भएको छ ।
गत साउन २५ गते राति आएको बाढीले जडाङ्गा नदीमा रहेको वेलिब्रिज बगाएकोले सो ठाउँमा होम पाइपको व्यवस्था भएपछि मात्र यतायातका सवारी साधान सिधै मार्तडी सुचारु हुने इन्जिनियर विष्टले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले दशैँ र तिहारलाई मध्यनजर गर्दै यातायातको सुविधा दिने गरी सडक मर्मत भए पनि स्थायी रुपमा मर्मत गर्न भने अझैँ समय लाग्ने छ ।
वर्षादका कारण रागमार्गसँगै जोडिएका धेरै पुलहरु पूर्णरुपमा क्षेति भएका छन् तुरुन्तै पुल निर्माण कार्यलाई अगाडि बढाउनका लागि पनि माथिल्लो निकायसँग कुरा भइरहेको साँफेमार्तडी सडक डिभिजन कार्यालय अछामका इन्जिनियर विष्टले बताउनुभयो ।