who

कोरोनाका कारण २० लाखको मृत्यु हुने डब्लुएचओको चेतावनी

International

 डब्लुएचओका आपतकालिन विभाग प्रमुख माइक रायनले अन्तर्राष्ट्रिय रुपमा ठोस कार्ययोजना नभएसम्म मृतकको संख्या बढ्ने चेतावनी दिएका हुन् । संक्रमण शुरु भएको ९ महिनाको अवसधमा झण्डै १० लाखले ज्यान गुमाइसकेका छन् । संक्रमण फलने क्रम तीब्र रहेको छ । हालसम्म ३ करोड २० लाख बढीमा संक्रमण पुष्टि भएको छ ।

उत्तरी गोलाद्र्धमा चिसो बढदै गएकाले संक्रमणको दोश्रो लहर समेत शुरु भएको बीबीसीले जनाएको छ । सबैभन्दा बढी संक्रमण देखिएको अमेरिका, भारत र ब्रजिलमा मात्रै १ करोड ५० लाख बढी संक्रमित छन् । पछिल्लो समय युरोपमा संक्रमण दर पुनः तीब्र गतिमा फैलिरहेको छ ।