आइतबार प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले नेपाल संस्कृत विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयको चारवर्षे कार्यकालका लागि उपकुलपति नियुक्त गर्नुभएको छ । नेपाल संस्कृत विश्वविद्यालयमा प्रा.डा. यादवप्रकाश लामिछाने र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्रा.डा. पुन्यप्रसाद रेग्मीलाई उपकुलपतिमा नियुक्त गरिएको छ ।
संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. यादव लामिछानेले आफ्नो कार्यकालमा विश्वविद्यालय सुधारका काम गर्ने बताउनुभयो । संस्कृत विश्वविद्यालयमा व्यवस्थापकीयलगायतका समस्या भएको र समस्या समाधानमा ध्यान दिने पनि बताउनुभयो । कृषि तथा वन विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. पुन्यप्रसाद रेग्मीले नियुक्ति पाइसकेको अब तत्काल विश्वविद्यालयमा पुगेर काम सुरु गर्ने बताउनुभयो ।