गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले राज्यले नियम कानुन बनाएको भएपनि समाजमा आपराधिक घट्ना न्युनिकरण नभएकोमा दुःख व्यक्त गर्दै अब विद्यामान कानुनहरुलाई बदल्नुपर्ने बताएका छन् । आज राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै मन्त्री थापाले बझांगको घटना हृदयस्पर्षी रुपमा जनस्तरमा भैरहको भन्दै मन्त्री थापाले यस्ता घट्नालाई रोक्न निष्ठापूर्वक लागिरहेका छौं, तर पनि कानुनलाई अब बलियो बनाउनुपर्ने बताएका हुन् । गृहमन्त्री थापाले दक्षिण अफ्रिका, अमेरिकालगायत अन्य मुलुकमा जस्तो यहाँ नभएपनि नेपालमा बलात्कारलाई न्युनिकरण गर्न कानुन बलियो बनाउन जरुरी छ भन्नेमा सरकार स्पष्ट छ ।
प्रहरी महानिरीक्षक शैलेश थापाले अपराधिहरुलाई कानुनी कठघरामा ल्याउनु नै मेरो कार्यकालको सफलता हुने बताएका छन । सम्झना कामीको हत्यारालाई ८ गते विहान पक्राउ गरिएको र निज राजेन्द्र बोहोरा ज्याद्रो खालको रहेको बताए ।