अमिताभ बच्चनले गरे अंग दानको घोषणा

Entertainment

बलिउड महानायक अमिताभ बच्चनले अंग दान गर्ने घोषणा गरेका छन् । अमिताभले अंग दान गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । उनले ट्वीट गर्दै आफू अंग दान गर्ने व्यक्ति बनेको उल्लेख गरेका छन् । उनले सामाजिक सन्‍जाल ट्‌विटरमा आफ्नो एक तस्बिर सेयर गर्दै अंग दान दिने वचन दिएका हुन् ।

ट्वीटरमा एउटा तस्विर पोस्ट गरेका छन् । जसमा उनको कोटमा एक सानो हरियो रंगको रिबन छ। यो तस्विरलाई शेयर गर्दै अमिताभले लेखेका छन्, ‘मैले एक शपथ लिइसकेको छु कि म अर्गान डोनर हो । यो हरियो रिबन यसको पवित्रताका लागि पहिरिएको हुँ।’

अमिताभले देशमा प्राकृतिक विपत्ति वा अन्य अफ्ठेरो स्थितिमा दान गर्दै आएका छन् । यसपालि अंगदानकै घोषणा गरेका हुन् ।