काठमाडौं – भारतका उपराष्ट्रपति वैंकैया नायडूलाई कोरोना संक्रमण पुष्टि भएको छ। नायडूको सचिवालयले ट्वीट गरी उनलाई कोरोना संक्रमण देखिएको भनेको छ। उनी अहिले चिकित्सकको सल्लाह अनुसार नै होम आइसोलेसनमा छन्।
उनकी श्रीमतीलाई भने कोरोना देखिएको छैन। भारतमा भीआइपीहरुलाई पनि कोरोना संक्रमण हुने दर बढेको छ। यस अघि दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियालाई पनि कोरोना पुष्टि भइसकेको छ। उनी अस्पतालनै बसेर उपचार गराएर कोरोना नेगेटिभ आएपछि घर फर्किसके।