युवराज खतिवडा अमेरिकाको राजदूत, मुख्य सचिव शंकरदास वैरागी, लोकदर्शन रेग्मी बेलायतको राजदूत

Politics

पूर्व अर्थमन्त्री डा युवराज खतिवडालाई अमेरिकाको राजदूत बनाउन सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

त्यसै गरि मुख्य सचिव लोकदर्शन रेग्मीले आफ्नो पदबाट राजीनामा दिएसँगै शंकरदास वैरागी मुख्य सचिव हुने भएका छन्।

आजको मन्त्रिपरिषद्ले नयाँ मुख्य सचिवमा वैरागीलाई नियुक्त गर्ने निर्णय गरेको हो

कात्तिक ३ गते रेग्मीको कार्यकाल सकिँदै थियो। उनको राजीनामासँगै सचिवहरु वैरागी, मोहनकृष्ण सापकोटा र केदारबहादुर अधिकारी मुख्य सचिवको दौडमा थिए। वैरागी बिहानै बालुवाटार पुगेका थिए।

रेग्मीले कार्यकाल सकिनुअघि राजीनामा नदिएको अवस्थामा तीनै सचिवहरुले अवकाश पाउने थिए।

यसैगरी मन्त्रिपरिषद्ले मुख्य सचिवबाट राजीनामा दिएका रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ।