खतिवडा अमेरिका जाने खबरले सेयर बजारमा उत्साह

Economy

सेयर बजारमा आज (साताको अन्तिम कारोबार) उत्साह देखिएको छ । बजार २०.६१ अंकले बढेर १५७१.०४ विन्दुमा रोकिएको छ ।  पूर्वअर्थमन्त्री डा.युवराज खतिवडालाई सरकारले अमेरिकी राजदूतमा सिफारिस गरेपछि बजार बढेको छ । अर्थमन्त्री पदबाट बाहिरिए पनि उनलाई प्रधानमन्त्रीले विशेष आर्थिक सल्लाहकार बनाएका थिए ।

आजको कारोबारमा १ सय ९३ कम्पनी सामेल भए । सबैभन्दा बढी निर्जिवन बिमा समूहको सूचक ३३२.४१ अंकले बढेको छ भने जीवन बिमाको १५७.३३ अंकले बढेको छ । विकास बैंक समूह ६५.४८ अंकले बढेको छ । उत्पादन तथा प्रशोधन समूहतर्फ ४९.७९ अंक बढेको छ । ट्रेडिङ तर्फ १९.५३,  बैंकिङतर्फ १८.८६, होटल ८.०८,  फाइनान्स ५.७९, माइक्रोफाइनान्स २०.८१, अन्य समुह २.९७ अंकले बढेको छ ।