Date Expired भएका खाद्यबस्तु रिलेभलिङ गरि बिक्रि बिबरण गर्ने संचालक र कर्मचारी नियन्त्रणमा, गोदाम सिल

Crime

महानगरीय अपराध महाशाखाको बिषेश सूचना तथा निग्रानीको आधारमा काठमाण्डौ उपत्यकाको कंलकी र बाफल समेतमा Date expired भएका बिभिन्न खाध्य सामाग्रीहरु Oreo बिस्कुट, snickers चक्लेट, Bournvita, Pringles, Uniliver कम्पनीका उत्पादनहरु समेत स्टीकर मेसिनद्धारा नयाँ Date  लेभलिङ गरी बजारमा बिक्री बितरण गरी आम उपभोक्ताको स्वास्थ्यमा असर पार्ने कार्य भईरहेको जानकारी प्राप्त भए अनुसार श्री बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभाग, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधी र अपराध महाशाखा समेतको संयुक्त अनुसन्धान टोलीले शंकास्पद कम्पनी तथा गोदामहरु समेतमा अनुसन्धान गर्दा का.जि.का.म.न.पा.वडा नं.१४ कलकी लिङकरोडमा रहेको तीनतल्ले घर Aayan Distributor Pvt. ltd का संचालक रौनक बोथ्राले भाडामाले सम्पूर्ण घरका कोठाहरुमा गोदाम गरी राखेको Date expired भएका बिभिन्न खाध्य सामाग्रीहरु रिलेभलिङ गर्ने, स्टीकर बनाउने मेसिन समेत फेला पारेको साथै का.जि.का.म.न.पा.वडा नं.१३ बाफलमा रहेको उक्त कम्पनीको गोदाम समेत ३ तल्लाको घर शिल गरिएको छ। सोही नजिकमा रहेको Amazon Distributor Pvt. ltd मा समेत Date expired लेभलिङ गरी बजारमा बिक्री बितरणको लागि राखिएका सामानहरु फेला परेकोले उक्त घर समेत शिल गरिएको हुदा उल्लेखित कार्यमा सलग्न निम्न संचालक तथा कामदार र सवारी साधनहरु समेत आवश्यक अनुसन्धान कारवाहीको लागि श्री बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभाग बबरमहलले नियन्त्रणमा लिएको छ।

(क) संलग्न व्यक्तिहरु –
१. जिल्ला झापा चन्द्रगढि न.पा.वडा न. चन्द्रगढि घर भई हाल का.जि.पुतलीसडक न्यूप्लाजा वस्ने सतनारायण अग्रवालको छोरी शकरलाल अग्रवालको श्रीमती बर्ष ६३ की पुष्पादेबी अग्रवाल ।
२. भारत राजस्थान विकानेर श्रीडुङगरगढ ग्राम वडा नं.१३ घर भई हाल का.जि.का.म.न.पा.वडा नं.१३ बाफल बस्ने मागोलाल बोथ्राको छोरा बर्ष ३५ को रोनक बोथ्रा ।
३. जिल्ला रौतहट गौर न.पा.वडा नं.३ मजकुटिया घर भई हाल का.जि.बल्खु बस्ने मौजिलाल ठाकुरको छोरा बर्ष २७ को मुन्ना ठाकुर ।
४. ऐ.ऐ.घर भई हाल ऐ.ऐ बस्ने मौजिलाल ठाकुरको छोरा बर्ष २७ को पप्पु कुमार ठाकुर ।
५.जिल्ला महोत्तरी भग्राम न.पा.वडा नं.४ बनरा घर भई हाल का.जि.कपुरधारा वस्ने आसाराम सिंहको छोरा बर्ष ४३ को श्याम प्रसाद सिंह ।
६. जिल्ला धादिङ गल्छी गा.पा.वडा नं.३ कल्लेरी घर भई हाल का.जि.कुलेश्वर वस्ने कान्छा वयलकोटीको छोरा बर्ष २६ को राम बहादुर बयलकोटी ।
७. जिल्ला धादिङ निलकण्ठ न.पा.वडा नं.६ जल्केनी घर भई हाल का.जि.कंलकी बस्ने बुदे उपरकोटीको छोरा बर्ष १८ को सिताराम उपरकोटी ।
८. जिल्ला धादिङ सिद्धलेख गा.पा.वडा नं.४ भेडावारी घर भई हाल का.जि.बाफल बस्ने गुन्ज बहादुर थापामगरको छोरा बर्ष २४ को दिलिप थापामगर ।


(ख) सवारीसाधन :- बा.२०.च.१०९, बा.१६.च.५७०४ र बा.१९.च.४९०५ नं. का गाडी हरु