अनशनरत डाक्टर गोविन्द केसीका अधिकांश माग पुरा भएको सरकारको भनाइ

Health-Education

कोरोना महामारीको अवस्था दिनानुदिन बढ्दै गएको भन्दै सरकारले यो संकटपूर्ण अवस्थामा कोभिड विरुद्धको लडाईमा सबैको साथका लागि लगि आग्रह गरेको छ ।

आज बसेको मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले डा गोविन्द केसीका अधिकांश माग परा भएको बताउँदै असामान्य सत्याग्रहमा बस्नुभन्दा कोरोनाबाट जनताको ज्यान बचाउनतर्फ लाग्न डाक्टर केसीलाई आग्रह गर्नु भयो छ ।

यसैबीच सरकारले परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्यसचिवमा बढुवा गर्ने निर्णय गरेको छ । साथै सरकारले पूर्व अर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाका लागि र निवर्तमान मुख्य सचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्तीका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

यसैबीच सरकारले लोकसेवा आयोगबाट विज्ञापन भइसकेका पदहरुको स्थगित परीक्षा संचालन गर्ने निर्णय पनि गरेको छ ।