१२ देशको राजदूतका लागि सिफारिस हुने भाग्यमानी ब्यक्ति

Politics

आज बसेको मन्त्रिपरिषद बैठकले एउटै ब्यक्तिलाई १२ देशको राजदूतमा सिफारिस गरेको छ । १२ देशको राजदूतका लागि सिफारिस हुने भाग्यमानी ब्यक्ति हुन् कपिलबस्तुका डा.निर्मलकुमार विश्वकर्मा ।  बिहिबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले उनलाई दक्षिण अफ्रिकासहित १२ देशका लागि राजदूतमा सिफारिस गरेको हो ।

उनलाई दक्षिण अफ्रिकाका लागि आवासीय राजदूत एवम् बोत्स्वाना, केन्या, ल्यसुथु, कंगो, तान्जानिया, जाम्बिया, जिम्वावे, ग्यावोन, मोजाम्विक, मौरिसस र सिसेल्सका लागि गैरआवासीय राजदूत नियुक्तिका लागि सिफारिस गरिएको सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन् ।  पार्टीसँग कुनै समन्वय नगरी राजदूत नियुक्त गरेको भन्दै नेकपाका नेताहरुले असन्तुष्टि जनाएका छन् ।