सात जना नेपाली सुटुक्क झारेर फर्कियो अमेरिकी विशेष विमान

News

अवैधानिक रुपमा बसिरहेका सात जना नेपाली युवालाई अमरिकाले नेपाल फर्काएको छ।

उनीहरुलाई अमेरिकाले विमान चार्टड गरेर बुधबार नेपाल झारेको हो।

सात युवालाई बुधबार नेपाल ल्याइ पुर्‍याएको उक्त विमान एक दिनपछि बिहीबार मात्रै अमेरिका फर्केको छ।

अमेरिकाले अवैधानिक रुपमा बस्ने गरेकाहरुलाई यसरी नै बेला बखत सम्बन्धित देशमा फिर्ता पुर्‍याउने गरेको छ।