काठमाडौँ उपत्यकामा अहिले सम्मकै उच्च संक्रमण, आजै १ हजार ६३८ संक्रमित थपिए

Health-Education

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ६३८ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका १ हजार २८० जना, भक्तपुरका १९६ जना र ललितपुरका १६२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ७२२ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० जना पुगेको छ ।