सेती नदी खोचमा खसेर एक जनाको मृत्यु

News

पोखराको चाइनापुलबाट सेती नदी खोचमा खसेर एक जनाको मृत्यु भएको छ । शुक्रबार पृथ्वीचोक र रंगशाला जोड्ने चाइना पुलको खोचमा खस्दा अन्दाजी २० र २२ वर्षका युवकको मृत्यु भएको हो ।

उपचारको क्रममा उहाँको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिनुभयो ।

ती युवकलाई बाटोबाट खोचमा मान्छे देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनलाई साढे १० बजे उद्धार गरेको हो ।

अस्पताल पु¥याएपछि चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए । यस सम्बन्धि अनुसन्धान जारी रहेको तर अहिलेसम्म नाम, थर केही नखुलेको हमालले बताउनुभयो ।