प्रदेश ५ सरकारको राजधानी प्रस्तावमा कांग्रेसका नेताहरुको समर्थन

Politics

कांग्रेसका केही केन्द्रीय सदस्य र संघीय सांसदहरूले प्रदेश पाँच सरकारले ल्याएको राजधानी र नामको प्रस्तावमा समर्थन गरेका छन् । प्रस्तावको विरोधमा प्रदेश सभामा तोडफोड भैरहेको समयमा काठमाडौंमा कांग्रेसका दश जना केन्द्रीय तहका नेताले बैठक गरेर प्रदेश पाँच सरकारको स्थायी राजधानी सम्बन्धि प्रस्तावको विज्ञप्ति निकालेर समर्थन जनाएका हुन । विज्ञप्तीमा प्रदेश पाँच सरकारले ल्याएको राजधानी र नामसम्बन्धि प्रस्ताव उपयुक्त रहेको उल्लेख छ । प्रदेश राजधानीको विषयलाई नेताहरूले व्यक्तिगत प्रतिष्ठाको विषय बनाएकोमा उनीहरूले असन्तुष्टि जनाएका छन् । प्रदेश राजधानीलाई राजनीतिक दल तथा नेताहरूले व्यक्तिगत प्रतिष्ठाको विषय नबनाई जनतालाई उत्तेजित बनाउने कार्य कहीँ कतैबाट गर्न र गराउन नहुने विज्ञप्तीमा उल्लेख छ । सबैलाई सुविधाजनक रहेको र सामरिक दृष्टिकोणले समेत अत्यन्त उपयुक्त स्थान दाङ देउखुरीको भालुवाङलाई यस प्रदेशको राजधानी बनाउने प्रस्ताव उपयुक्त भएको पनि विज्ञप्तीमा उल्लेख । सो प्रस्तावलाई प्रदेशसभाले तत्काल टुंगोमा पु¥याउनुपर्ने कांग्रेसका नेताहरूको माग छ । प्रस्तावको संघीय सांसदहरू पार्वता डीसी चौधरी, किशोरसिंह राठौर र सञ्जय गौतम छन् । त्यसैगरी पूर्वमन्त्री एवं केन्द्रीय सदस्य दीपक गिरी, गोपाल दहित र रोल्पा कांग्रेसका जिल्ला सभापति अमरसिंह पुन रहेका छन् । केन्द्रीय सदस्यहरू शिला खड्का, मंगलप्रसाद थारु, योगेन्द्र चौधरी र कृष्णकिशोर घिमिरेले पनि दाङको देउखुरीलाई प्रदेश ५ को राजधानी बनाउने प्रस्तावमा समर्थन जनाएका छन् ।