माल्टा पठाइदिन्छु भन्दै ४८ लाख ९८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ

Crime
माल्टा पठाइदिन्छु भन्दै विभिन्न प्रलोभनमा पारी नगद ४८ लाख ९८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा सुनसरी बराहक्षेत्र नगरपालिका-९ प्रकाशपुर बस्ने ३२ वर्षीय सुरज राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उक्त नगद ठगी गरी फरार भएका उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा सुनसरीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि बुधबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।