सांसदले पाए दशैं भत्ता स्वास्थ्यकर्मीलाई छैन जोखिमभत्ता

News

कोरोना –  संक्रमणका कारण देश यतिबेला अप्ठ्यारो परिस्थितिबाट गुजिरहेको अवस्थामा भने सांसद तथा मन्त्रीहरुलाई भने साविककै जस्तो दशैं भत्ता लिएका छन् । यस्तो महामारीमा पनि आफ्नो ज्यानको जोखिम मोलेर काम गर्न खटिएका थुप्रै स्वास्थ्यकर्मीहरुले अझै पनि जोखिम भत्ता पाउन सकेका छैनन् ।  स्वास्थ्य मन्त्रालय अनतर्गत सञ्चालनमा रहेका अस्पताल, आइसोलेसन सेन्टर, प्रयोगशाला लगायतमा खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएको जानकारी दिुन भएको छ ।

तर गृह मन्त्रालय अन्तर्गत रहेका प्रहरीका अस्पताल, शिक्षा मन्त्रालय अन्गर्तत रहेका शिक्षण अस्पताल, प्रतिष्ठानहरुका स्वास्थ्यकर्मीले हालसम्म जोखिम भत्ता पाएका छैनन् ।  त्यसैगरी  सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको निजामति सेवा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले पनि अहिलेसम्म जोखिम भत्ता पाउन सकेका छन् ।

देश संकटमा परेको र महामारी फैलिएका बेला उच्च पदमा बस्नेलाई सेवा सुविधा नदिइने भनेर कानुनी व्यवस्था भए पनि सांसद, मन्त्री तथा उनीहरुका सहयोगीहरुले दशैं भत्ता समेत लिइसकेका छन् ।