बारामा एक जना भारतीय नागरिकले प्रहरीमाथि गोली हानेका छन् ।
सिम्रौनगढ नगरपालिका–९ सानो बंकुलमा जाँच गर्ने क्रममा भारत बिहारको मोतिहारी बस्ने २८ वर्षीय बृजकिशोर कुशवाहाले प्रहरीमाथि गोली चलाएका हुन् ।
प्रहरीको जबाफी कारबाहीमा कुशवाहा घाइते भएका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका कुशवाहामाथि शंका लागेर रोक्न खोज्दा उनले प्रहरी माथि लक्षित गरेर गोली हानेको जिल्ला प्रहरी बाराले जनाएको छ ।
प्रहरीको जबाफी कारबाहीमा कुशवाहाको बायाँ पाखुरामा गोली लागेको छ । घाइते भएका कुशवाहालाई कलैया अस्पतालमा भर्ना गरिएको छ ।