पूर्वमन्त्री बास्कोटालाई कोरोना संक्रमण

News

पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । बास्कोटाले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । बास्कोटाका अनुसार आफूलाई संक्रमणको कुनै लक्षण नरहेको तर श्रीमती तारा मानन्धरलाई लक्षण देखिएको छ। दुवै छोराहरुको रिपोर्ट भने नेगेटिभ आएको छ ।