दक्षिण चीनमा सौदेल आँधी, हेनानमा यातायात प्रभावित

International

दक्षिणी चीनको हेनान प्रान्तमा सौदेल नामक आँधी सक्रिय बनेपछि सामुद्रिक तथा सडक यातायातलाई प्रभावित पारेको छ ।

यस वर्ष चीनमा सौदेलसहित सत्रौँ पटक आँधीले जनजीवनमा ग्वान्झाओ क्षेत्रमा कडा हुरी लाग्दा उक्त क्षेत्रमा पानी जहाज, सडक तथा हवाई सेवा बन्द गर्न बाध्य पारेको प्रान्तीय राजधानी हाइकोउको समुद्री सुरक्षा ब्यूरोले बताएको छ ।

त्यस्तै हेनान जाने र फिर्ता हुने सबै यात्रुवाहक रेल सेवा पनि बन्द भएको छ ।

आँधीबेहरीको सूचनापछि करिब १८ हजार १८३ माछा मार्न प्रयोग हुने डुङ्गाहरूलाई हेनान जिल्लाको बन्दरगाह शहरमा बिहीबार विहानैदेखि रोकी राखिएको छ । आँधीका कारण भएको क्षतिका विवरणहरू प्राप्त भैसकेका छैनन् । रासस