बलिउड अभिनेत्री माल्वी मल्होत्रामाथि हत्याको प्रयाश भएको छ ।उनीमाथि हत्याको प्रयाश भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । अहिले उनलाई अम्बानी अस्पतालमा भर्ना गरिएको छ ।

उनको पेटमा एक व्यक्तिले चक्कु प्रहार गरेको बताइएको छ । उनको अनुहारलाई टार्गेट बनाएर आक्रमण भएको थियो ।
उनको दुबै हातमा गम्भीर चोट लागेको छ । उनको शरीरका ३ स्थानमा गम्भीर चोट लागेको बताइएको छ ।