इस्लाम धर्मको खिसी गरेको भन्दै फ्रान्सेली राष्ट्रपतिविरुद्ध प्रदर्शन

International

इस्लाम धर्मको बाहुल्यता भएका विश्वका विभिन्न राष्ट्रहरुले इस्लाम धर्मको खिसी गरिएको एक घटनालाई फ्रान्सले समर्थन गरेको भन्दै फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंविरुद्ध प्रदर्शन गरेका छन् ।

दुईसाता अघि फ्रान्सको एउटा विद्यालयका एकजना शिक्षकले इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदको नक्कल गरेपछि उनको हत्या भएको थियो। घटनालगत्तै फ्रान्सका केही भवनहरुमा पैगम्बर मोहम्मदको अपमानजनक तस्बिर र चित्रहरु बनाइएपछि फ्रान्सलाइ धर्मविरुद्ध गतिविधिमा कडाइ गर्न इस्लाम धर्म समर्थकहरुले दबाब दिएका हुन । तर राष्ट्रपति म्याक्रोंले बुधबार पैगम्बर मोहम्मदको अपमानजनक कार्टुन प्रकाशित गर्न रोक्नु ,अभिव्यक्ति स्वतन्त्रता बिरुद्ध हुने बताएपछि उहाँविरुद्ध अरब लगायत मुस्लिम बाहुल्य देशमा विरोध प्रदर्शन भई रहेको छ ।

इस्लाम धर्मगुरुको अपमान गरिएको भन्दै पाकिस्तान, बंगलादेश, प्यालेस्टाइन , सिरिया इजिप्ट लगायतका अरव तथा इस्लाम धर्म बाहुल्य देशहरुमा व्यापक प्रदर्शन भएको हो ।