सञ्चारकर्मी रवि लामिछाने दम्पत्तीलाई कोरोना संक्रमण

News

सञ्चारकर्मी रवि लामिछाने दम्पत्तीलाई कोरोना संक्रमण भएको छ । फेसबुक मार्फत उनले यो जानकारी गराएका हुन् । गत मंगलवार रातीबाट सामान्य ज्वरो आएपछि हिजो गरिएको स्वाब परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनले सोसल मिडियामा लेखेका छन्, ‘गत मंगलवार राति बाट हल्का ज्वरो आए पछि हिजो कोरोना टेष्ट गर्दा, म र निकीता दुबैमा कोरोना पोजेटिभ देखिएको छ। हामी दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ। घरमा हामी दुई मात्र छौँ, त्यसैले धेरै समस्या छैन तर घरमा वृद्ध अवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरवाही नगरौँ।’