अमेरिकाविरुद्ध मुद्दा हाल्दै हङकङ

International

हङकङमा बनेका सामानमा अमेरिकाले ‘मेड इन चाइना’ लेख्न थालेपछि विवाद चर्किएको छ।

बिबिसीका अनुसार चीनले नयाँ सुरक्षा कानुन लागू गरेसँगै हङकङ अब छुट्टै स्वायत्त राज्य नरहेको, चीनकै एक सहरमा परिणत भएको भन्दै अमेरिकाले हङकङमा आयात गर्ने सामानमा मेड इन हङकङको ठाउँमा ‘मेड इन चाइना’ लेख्न थालेको हो।

यसपछि रुष्ट बनेको हङकङ सरकारले अमेरिकाविरुद्ध विश्व व्यापार संगठनमा उजुरी दिने चेतावनी दिएको छ।