सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको बेलामा प्रतिपक्षी दल जनता समाजवादीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ओलीसँगै सती नजान सुझाब दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो कुबाटोमा दृढ रहेको भन्दै भट्टराईले उनीसँगै सती नजान सुझाएका हुन्।
विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको एउटा प्रमुख कारण मूल पार्टी नेतृत्वले रंग फेरिसकेपछि पनि बाँकी नेता र कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु भएको उनले तर्क गरेका छन्।
अहिलेको परिस्थितीमा ओली आफ्नो कुबाटोमा दृढ रहेकाले अरुले उनको सती जाने कि बेलैमा नयाँ समाजवादी बाटो बनाउने भनेर प्रश्न गरेका छन्।
विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको एउटा प्रमुख कारण मूल पार्टी/नेतृत्वले रंग फेरिसकेपछि पनि बाॅकी नेता/कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु हो भन्ने हिजोका झापाली/माओवादीले कति छिटो बिर्सेको?ओली आफ्नो कुबाटोमा दृढ छन्;अरू उनको सती जाने कि बेलैमा नयाॅ समाजवादी बाटो बनाउने?
— Baburam Bhattarai (@brb1954) November 2, 2020