भग्नावशेषमा पुरिएकी तीन वर्षीया बालिकाको ९१ घण्टापछि जीवीतै उद्धार

International

टर्कीमा शुक्रवार गएको ७ म्याग्निच्युडको भूकम्पका कारण लडेको भवनको भग्नावशेषमा पुरिएकी तीन वर्षीया एक बालिकालाई ९१ घण्टापछि जीवीत नै उद्धार गरिएको छ । उद्धार टोलीले यादा नामकी बालिकालाई जीवीत उद्धार गरेको हो । यसअघि भूकम्प गएको भोलिपल्ट शनिबार राति पनि ७० वर्षीय एक वृद्धलाई जीवीतै उद्धार गरिएको थियो ।

उद्धारमा खटिएको टोलीका उद्धारकर्मीले उद्धारको क्रममा पीडा भए पनि यसरी बालिका भेटिँदा आनन्द पनि महसुश भएको प्रतिक्रिया दिएका छन् । भूकम्पमा परी १ सय जनाको मृत्यु भएको पुष्टि भएको छ भने ९ सय भन्दा बढी घाइते हुनुका साथै १ सय ४७ जनाको अहिले पनि अस्पतालमा उपचार भइरहेको छ ।