पूर्वसभामुख महराकी पत्नीको उपचारका क्रममा नर्भिक अस्पतालमा निधन

News

काठमाडौं, १९ कात्तिक ।  पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको उपचारका क्रममा आज बिहान ६ं:३० बजे मृत्यु भएको हो । कोरोना पोजेटिभ देखिएपछि काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत उनको आज बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई केही दिनअघि दाङबाट हेलिकप्टरमा राखेर काठमाडौं ल्याइएको थियो।