बुधबार देशको पहाडी भू-भागका केही स्थानको मौसम बदली भई पानी पर्ने सम्भाना रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको देखिएको छ भने प्रदेश १ मा आंशिक बदली रहेको छ र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने अन्य भू भागको मौसम सफा रहनेछ । त्यस्तै पहाडी भू-भागहरुका केही स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको छ ।
त्यस्तै आज राति पनि पहाडी भू-भागहरुमा आंशिक बदली रही रहनेछ भने भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । त्यस्तै पहाडी भू-भागका एक दुई स्थानहरुमा पानी पर्ने सम्भावना रहेको छ ।