आज साताको पाँचौ दिन नेपाली बजारमा सुनको मूल्य तोलामा ९६ हजार २०० रुपैयाँमा कारोबार भएको छ । बुधबार तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९६ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी तोलामा १२१० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य तोलामा १२०५ रुपैयाँ रहेको थियो ।