बलात्कार र महिला हिंसाका विरुद्ध गोरखामा युवतीहरुको एक समूहले प्रदर्शन गरेका छन् । ‘अझै कती सहने अभियान’ अन्तरर्गत गोरखाका यूवतीहरुले कालो लुगा, कालो पट्टी र कालै मास्क लगाएर गोरखा बजारमा बिरोध जनाएका हुन् । सो समूहले गोरखा बजारको लोकतान्त्रिक चोकमा प्रर्दशन गरेका थिए । केही महिना यता दिनदिनै बलात्कारको घटना बढेकाले त्यसलाई रोक्न दवाव दिने उद्देश्यले प्रदर्शन गरिएको प्रदर्शनको अगुवाई गरेकी सुमित्रा मग्रातीले बताइन । प्रर्दशनमा ‘त बलात्कारी’ भन्ने गितमा समेत प्रर्दशन गरेका थिए । युवतीहरुको समूहले बलात्कार बिरुद्वको कानुनलाई अझै कडा बनाउनुपर्ने, बलात्कार भएमा निवदेन दिने हद म्याद थप गर्नुपर्ने लगाएतका माग राखेका छन ।।