विश्वभर कोरोना संक्रमितको संख्या पाँच करोड २४ लाख नाघ्यो

Economy

विश्वभर कोरोना संक्रमितको संख्या पाँच करोड २४ लाख नाघेको छ । संक्रमितमध्ये तीन करोड ६६ लाख निको भएका छन् भने १२ लाख ८९ हजारको मृत्यु भएको छ । सबैभन्दा बढी प्रभातिव अमेरिकामा पछिल्लो समय दैनिक एक लाखभन्दा बढी संक्रमित थपिँदै आएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा एक लाख ४२ हजारभन्दा बढी संक्रमित थपिएका छन् । छिमेकी देश भारतमा भने संक्रमितको संख्या घट्दै गएको छ । भारतमा पछिल्लो समय दैनिक ५० हजारभन्दा कम संक्रमित थपिँदै आएका छन् ।