बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माणाधिन ‘सेन्चुरी फर युनिभर्सल पिस’ नामक गुम्बा निमार्णको लागि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव इसाला रुवान विराकुनले एक रुपैयाँ दान दिनुहुने भएको छ ।
गुम्बा निर्माणका लागि शनिबार लुम्बनीमा पुगेर महासचिव विराकुनले एक रुपैयाँ दान दिनुहुने भएको हो । विश्वभरका शान्तिप्रेमी बौद्ध धर्मावलम्बी लगायत अन्य धर्म र संस्कृतिसँग सम्बन्धित साधकहरुले समेत साधना गर्ने स्थलको रुपमा दुई वर्ष अघिबाट गुम्बाको निर्माण भइरहेको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को कारण केही समय रोकिएको केन्द्रको काम पुनः सुरु भएको छ ।
लुम्बिनीमा शनिबार हुने हुने सार्वभौमिक शान्तिका लागि ‘एक रुपैयाँ’ दिन अभियान कार्यक्रममा सार्कका महासचिव विराकुन र श्रीलंकाका मेडम कृशन्ती सहभागी हुनुहुनेछ ।
धर्म गुरु श्याल्पा तेञ्जिन रिन्पोछेको परिकल्पनामा निर्माण सुरु भएको गुम्बा निर्माणको लागि महासिद्ध अभयारण्य विश्वव्यापी सौहार्द र शान्तिको बीउ छर्ने काम एएक रुपैयाँ अभियान सुरु गरेको बताउनुभयो । बुद्धको शिक्षा अनुसार यही मनोवृत्तिले शान्ति, सद्भाव र सहिष्णुता बढाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
धर्म गुरु रेन्पोछेले युनिर्भर्सल पिस सेन्टर निर्माण गर्नको लागि ‘एक व्यक्ति एक रुपैयाँ’को अभियान अगाडि सार्नुभएको छ । विश्वभर शान्तिको सन्देश थप फैलाउने उदेश्यको साथ निर्माण भइरहेको सेन्टरको लागि रिन्पोछेले थाइल्यान्ड, हङकङ, मलेसिया, चीन, भियतनाम, इन्डोनेसिया, सिंगापुर, भारत, बेलायत, अमेरिकाजस्ता देशहरुसँग सहयोगको आग्रह- बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माणाधिन ‘सेन्चुरी फर युनिभर्सल पिस’ नामक गुम्बा निमार्णको लागि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव इसाला रुवान विराकुनले एक रुपैयाँ दान दिनुहुने भएको छ ।