मौलिक पर्वले परस्पर एकता, सद्भाव र विश्वास जागृत गर्ने प्रधानमन्त्रीको विश्वास

Politics

प्रधानमन्त्री केपी ओलीले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाबाट बच्न विशेष सतर्कता अपनाएर किजा पूजा मनाउन आह्वान गर्नुभएको छ ।

काठमाडौं उपत्यकाको मौलिक पर्वको रुपमा रहेको किजापूजा परस्पर एकता, सद्भाव र विश्वास जागृत गर्ने प्रधानमन्त्री ओलीले बताउनुभएको छ । किजापूजाको अवसरमा शुभकामना सन्देश जारी गर्दै ओलीले बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक, विशेषतायुक्त नेपाली समाज राष्ट्रिय एकताको जगमा उभिएको बताउनुभएको छ । मौलिक परम्परा सिंगो राष्ट्रका साझा पूँजी रहेको ओलीको भनाइ छ ।