“राजा आउ देश बचाउ” भन्दै धनगढीमा बृहत प्रदर्शन

Politics

राजतन्त्र समर्थकहरूले आज धनगढीमा प्रदर्शन गरेका छन् । सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिकको आयोजनामा हिन्दु राष्ट्र पुन र राजतन्त्र पुनस्र्थापनाको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् । हिन्दु राष्ट्र पुनस्र्थापना, संघीयताको खारेजी र संवैधानिक राजतन्त्र स्थापना लगायतका माग राख्दै उनीहरुले धनगढीको बुद्ध चोकबाट मोटरसाईकल ¥याली निकालेका थिए । ¥याली अत्तरिया पुगेर पुनः धनगढी नै फर्किएको थियो । धनगढी पुगेर –याली कोण सभा सभामा परिणत भएको थियो । कोण सभामा बोल्दै स्वतन्त्र देशभक्त नागरिकका बक्ताहरुले देशमा राजतन्त्रको आवश्यक रहेको भन्दै राजा आए देशको बिकास हुने बताएका थिए ।

हिन्दु राष्ट्र पुनस्र्थापना, संघीयताको खारेजी र संवैधानिक राजतन्त्र स्थापनाको माग गर्दै पछिल्लो समय देशका मुख्य शहरहरुमा –याली, सभा र पदर्शन हुँदै आएका छन् ।