आईसीसी अवार्डका लागि पारस खड्का मनोनित

Sports

 

मनोनयनमा स्कटल्याण्डका तीन खेलाडी काइल कोएट्जर, कोलम म्याकल्याण्ड र रिची बेरिङटन परेका छन् भने पपुवा न्यूगिनीका असद भाला र नेदरल्याण्ड्सका पिटर बोेरन अटाएका छन् । सन् २००२ मा यू–१५ टोलीबाट क्रिकेट खेल्न थालेका पारसले सन् २००९ मा नेपालको कप्तानी गरेका थिए ।

पारसको १० वर्षे कप्तानी कालमा नेपालले पहिलो पटक टी–२० विश्वकप खेल्नुका साथै एकदिवसीय मान्यता पाएको थियो । २८ असोज २०७६ मा उनले कप्तानी छाडेपनि तर राष्ट्रिय टिमबाट भने निरन्तर खेलिरहेका छन् ।