विदेशी अनलाइनको सामान किन्दा अब नेपालबाटै भुक्तानी

Economy

विदेशी अनलाइनबाट सामान खरिद गरी नेपालबाटै भुक्तानी गर्न मिल्ने नीतिगत व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै सो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले नयाँ व्यवस्था अनुसार अब नेपालबाट विदेशका जुनसुकै अनलाइनबाट सामान खरिद गरी नेपालबाटै विदेशी मुद्रामा भुक्तानी गर्न सकिने नीतिगत व्यवस्था गरिएको बताए ।

यस विषयमा कार्यविधि बनाइएपछि थप प्रष्ट हुने बताइएको छ ।