यसैगरी छनोट भएका पुरुष खेलाडीमा विभस्तु थापा (उपकप्तान), सुवास खकुरेल, नरेश चन्द, रविन जोशी, रजत तिमिल्सिना, इसान पाण्डे, विपिनविक्रम शाही, सुमन उदय, जितेन्द्रसिंह ठकुरी, एरियो पौडेल, चन्द्रकुमार बुढा, कौशल रुपाखेती र युवराज खत्री छन् । पुरुष टोलीतर्फ वैकल्पिक खेलाडीमा अजय कौशिला, प्रदिपकुमार विक र राम चौधरी रहेका सङ्घले जनाएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आगामी पुस ११ गतेदेखि प्रधानमन्त्री कप आयोजना गर्दैछ । क्यानले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न जिल्लाको पुरुष तथा महिला टोलीको छनोट गर्न आफ्ना मातहतका सबै जिल्ला क्रिकेट सङ्घलाई पत्राचार गरेको थियो । क्यानले मङ्सिर २१ गतेभित्र जिल्लाको टोली छनोट तथा पुस ७ गतेसम्म प्रदेशको टोली छनोट सम्पन्न गर्न निर्देशन दिएको अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।